२०८३ बैशाख १९ गते , शनिबार

सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित

sajilo news
परिवेश मिडिया
२०८० जेष्ठ १४ गते , आईतबार
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाण्डौ । सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक बर्ष २०८००८१ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार राति बसेको प्रतिनिधिसभाको बैठकले कार्यक्रम पारित गरेको हो ।

गत जेठ ७ गतेदेखि १३ गतेसम्म नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल भएको थियो । छलफलको अन्तिम दिन प्रधानमन्त्री प्रचण्डले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए । सरकारको नीति तथा कार्यक्रममाथि सत्ता पक्ष र प्रतिपक्षका गरी २० सांसदले संशोधन प्रस्ताव पेश गरेका थिए ।

आजको बैठकमा ति संसोधन प्रस्तावहरुलाई फिर्ता लिन समय दिइएको थियो भने फिर्ता नलिइएका प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो । कांग्रेसका सांसदहरु श्यामकुमार घिमिरे र दिलेन्द्रप्रसाद बडुले संशोधन प्रस्ताव फिर्ता लिएका थिए । यस्तै सांसद गंगाराम चौधरीले पनि संसोधन प्रस्ताव फिर्ता लिएका थिए ।

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी, रास्वपा सांसद डा. चन्दा कार्कीको संशोधन प्रस्तावपनि बहुमतले अस्वीकृत भयो । प्रतिपक्षी दलका सांसदहरुले राखेको संशोधन प्रस्ताव फिर्ता लिएनन् । उनीहरुको संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले अस्वीकृत भएको थियो ।

राष्ट्रियसभाबाट यसअघि नै वार्षिक नीति तथा कार्यक्रम पारित भइसकेको छ । सरकारले यही जेठ १५ गते  आर्थिक वर्ष २०८०÷०८१ का लागि बजेट प्रस्तुत गर्दैछ । प्रतिनिधिसभाको अर्को बैठक आज दिउँसो १ बजे बस्ने छ ।

सम्बन्धित समाचार