२०८३ बैशाख १९ गते , शनिबार

सोहनलालको नेतृत्वमा कर सहयोगी श्रमिक संगठन झापा गठन

sajilo news
परिवेश मिडिया
२०८० जेष्ठ १४ गते , आईतबार
सोहनलालको नेतृत्वमा कर सहयोगी श्रमिक संगठन झापा गठन

बिर्तामोड । कर सहयोगी श्रमिक संगठन नेपाल (काउण्ट) झापा शाखाको अध्यक्षमा सोहनलाल राजवंशी सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार बिर्तामोडमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनले राजवंशीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

संगठनका जिल्ला अध्यक्ष भुपेन्द्र भण्डारीको अध्यक्षता तथा केन्द्रीय कार्यसमितिका अध्यक्ष तारानाथ दाहालको प्रमुख आतिथ्यमा सम्पन्न दोस्रो अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा अर्जुन बुढाथोकी, सचिवमा गोपाल खतिवडा, सहसचिवमा गणेश आचार्य र कोषाध्यक्षमा सदम राजवंशी चयन भएको जनाइएको छ ।

यस्तै सदस्यहरुमा श्रवणकुमार साह, भीमबहादुर श्रेष्ठ, चिन्तामणि न्यौपाने, मोहन दंगाल, अञ्जना खरेल, राजेन्द्र राजवंशी, डोलेश्वर कन्दङवा, रोशन खनाल,राजु गौतम र सुनिल विश्वकर्मा चयन भएको अध्यक्ष सोहनलालले जानकारी दिए ।

सम्बन्धित समाचार