२०८३ बैशाख १९ गते , शनिबार

विकास पत्रकारितासम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८० जेष्ठ १२ गते , शुक्रबार
विकास पत्रकारितासम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न

बिर्तामोड । झापाको बिर्तामोडमा एकदिने विकास पत्रकारितासम्बन्धि अन्तरक्रिया सम्पन्न भएको छ । शुक्रबार नारी सञ्चार गृह झापाको आयोजनामा गोष्ठी सम्पन्न भएको हो ।

कार्यक्रमलाई लेखक तथा सञ्चारकर्मी केदार शर्माले फरक ढंगबाट सहजीकरण गरेका थिए । शर्माले विकासलाई हेर्ने दृष्टिकोण फरक फरक हुने बताउँदै पत्रकारले विषयबस्तुलाई केलाउँदै तथ्य जाँच्न पछि पर्न नहुने बताए । उनले उदविकास र विकास फरक भएको दृष्टान्त प्रस्तुत गर्दै विकास पत्रकारितामा सामाजिक आर्थिक पाटोलाई हेरिनु पर्ने बताए । पत्रकारहरुले आदिवासी समुदायको आफ्नो संस्कृति, भाषा, खानाजस्ता आफ्ना परम्परागत कुराहरु लोप हुन लागेको भन्दै त्यसतर्फ कलम चलाउन शर्माले आग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथी बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले पत्रकारहरुले सकारात्मक पक्षलाई उजागर गर्नुपर्नेमा जोड दिए । बिर्तामोड वडा नम्बर ३ का अध्यक्ष मदन बुढाथोकीले अहिलेका युवाहरुमा नकरात्मक कुराहरुको प्रभाव बढी परेको भन्दै सकारात्मक पक्षलाई जोड दिनु पर्ने बताए ।

सञ्चार गृहकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा भएको कार्यक्रम सहरचिव जोस्ना श्रेष्ठले सञ्चालन गरेकी थिइन् । सहभागीलाई गृहकी उपाध्यक्ष लिला अनमोलले स्वागत गरेकी थिइन् । नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा लागि बिर्तामोड नगरपालिकाले आर्थिक सहयोग गरेको हो । नारी सञ्चार गृहले समय समयमा फरक फरक बिषयमा तालिम तथा अन्तरक्रिया गर्दै आएको छ । 

 

सम्बन्धित समाचार