बिर्तामोडमा अखिल नेपाल भूमिहीन सुकुम्बासी संघर्ष समिति गठन

बिर्तामोड । झापाको बिर्तामोडमा बसोबास गर्ने सुकुम्बासीहरुले संघर्ष समिति गठन गरेका छन् । अखिल नेपाल सुकुम्बासी संगठनको बिर्तामोड नगर संघर्ष समिति गठन भएको हो ।
अर्जुन उप्रेतीको अध्यक्षतामा ४१ सदस्यीय संघर्ष समिति गठन भएको छ । समितिको उपाध्यक्षहरु गोविन्द राजवंशी, डम्बर चोम्बाङ्ग रहेका छन् भने महिला उपाध्यक्ष चयन गर्न बाँकी छ । सचिव सन्तोष राई, सहसचिव इश्वरी न्यौपाने र कोषाध्यक्ष सुमन लावती रहेका छन् ।
सदस्यहरुमा विजयकुमार ठाकुर, सोमनाथ अधिकारी, कल्टु राजवंशी, बुद्धिलाल चौधरी, कुमारी चौधरी, रोशन टुडु, कुशल राजवंशी, अर्जुन ओली, तोफा राजवंशी, विजय राजवंशी, बधुराज फोम्बो, मनोज थेबे, देवेन्द्र भुजेल, भीमकुमारी मगर, खड्ग राजवंशी, रमेश मुर्मु, विष्णु संग्रौला, विष्णुकुमारी श्रेष्ठ, सृजना योङहाङ, कुमार तामाङ, ताला हस्दा, गीता कृष्णु, मानबहादुर श्रेष्ठ, धनबहादुर श्रेष्ठ, पवन शमौ, लिलामाया पौडेल, दुर्गा लिम्बू, निर्मल पौडेल, शुष्मिका लिम्बू, शरोज थेबे, चन्द्रा तामाङ, विष्णु विक र शारदा राई राजवंशी रहेको नेकपा माओवादी केन्द्र बिर्तामोड नगर सचिव गणेश कालिकोटेले जानकारी दिए । त्यस्तै रामकुमार खवास, विष्णु संग्रौला र कात्तिकलाल राजवंशी रहेको एक सल्लाहकार समितिसमेत गठन भएको उनले बताए ।
राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि जिल्ला जिल्लामा समिति गठन गरेपनि झापाका चार वटा पालिका बाहेक अन्यत्र सो सम्बन्धि काम भएको छैन । बिर्तामोड नगरपालिकाले आयोगमा पहिलो चरणको नामावली पठाउने काम समेत नगरेको भन्दै सुकुम्बासीहरु आक्रोशित बनेका छन् । केहिदिन पहिले नेकपा माओवादी केन्द्र बिर्तामोड नगर कमिटिले आयोजना गरेको भूमिहीन सुकुम्बासी समस्या, चुनौत र समाधान बिषयक अन्तरक्रियामा बोल्दै भूमि आयोग झापाका विज्ञ सदस्य सानुकुमार लामाले बिर्तामोड नगरपालिकाले आयोगमा सुकुम्बासीहरुको प्रारम्भिक लिष्ट नै नपठाएको बताएका थिए ।