२०८० जेष्ठ १६ गते , मंगलबार

दुई युवतीको डुबेर मृत्यु

sajilo news
परिवेश मिडिया
२०८० जेष्ठ १० गते , बुधबार
दुई युवतीको डुबेर मृत्यु

कोहलपुर । बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ । डुडुवा गाउँपालिका४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरुको मङ्गलबार साँझ डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरका अनुसार पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका२ की २९ वर्षीया शारदा चौधरी र नेपालगन्ज उपमहानगरपालिका१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरीको मृत्यु भएको हो । उनीहरु छ जनाको समूहमा वनभोज खान गएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

सम्बन्धित समाचार