२०८३ बैशाख १९ गते , शनिबार

बुद्धशान्तिमा फेरि भेटियो मृत हात्ती

sajilo news
परिवेश मिडिया
२०८० जेष्ठ ८ गते , सोमबार
बुद्धशान्तिमा फेरि भेटियो मृत हात्ती

बुधबारे । बुद्धशान्ति गाउँपालिका–३ चर्चाबारीस्थित आदर्श सामुदायिक वन क्षेत्रभित्र पोथी हात्ती (ढोइ) मृत फेला परेको छ । आज बिहान स्थानीयवासीले मृत अवस्थामा हात्ती देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
हात्ती मृत फेला परेको स्थानमा विद्युतीय तारबार छैन । हात्तीको मृत्युको कारणबारे खोजी भइरहेको छ । स्थानीयवासीले मृत हात्तीमाथि पूजाआजासमेत गरेका छन् । झापामा चालु आर्थिक वर्षमा योसँगै हात्तीको मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ भने हात्तीको आक्रमणबाट पाँच जनाको मृत्यु भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार