२०८३ बैशाख १९ गते , शनिबार

बिर्तामोड खानेपानी : बास्तोलाको नेतृत्वमा लोकतान्त्रिक–राष्ट्रवादी समूहका उम्मेदवार घोषणा

sajilo news
परिवेश मिडिया
२०८० जेष्ठ ७ गते , आईतबार
बिर्तामोड खानेपानी : बास्तोलाको नेतृत्वमा लोकतान्त्रिक–राष्ट्रवादी समूहका उम्मेदवार घोषणा

बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आगामी जेठ १५ गते हुने निर्वाचनका लागि लोकतान्त्रिकराष्ट्रवादी समूहले उम्मेदवार घोषणा गरेको छ ।

आइतबार एक कार्यक्रमका बिच लोकतान्त्रिकराष्ट्रवादी समूहले स्वच्छ सफा खानेपानी– निरोगी र स्वस्थ जिन्दगानी भन्ने नाराका साथ आफ्ना उम्मेदवार घोषणा गरेको हो । नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त प्यानलको रुपमा रहेको समूहका तर्फबाट अध्यक्ष पदमा मेघराज बास्तोला, उपाध्यक्ष शैलेन्द्र सिटौला, सचिव पारस मैनाली र कोषाध्यक्ष शारदा रिजाल उम्मेदवार रहेका छन् ।

सदस्यहरु आनन्द गुरुङ, खगेन्द्र थापा, बालादेवि खरेल, माया प्रधान खड्गी र कमला अग्रवाल रहेका छन् ।

कोषाध्यक्ष रिजाल र सदस्य थापा राप्रपाका हुन् भने अन्य नेपाली कांग्रेसका हुन् ।

घोषणा सभामा बोल्दै नेपाली कांग्रेसका नेता संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले सबै मतदातालाई निष्ठापूर्वक मत हाल्न आग्रह गरे । त्यस्तै राप्रपा झापा अध्यक्ष केशव ओझाले राप्रपाले कसैप्रति बेइमानी नगर्ने बताउँदै विश्वस्त हुन आग्रह गरे । उनले सबै उम्मेदवारहरुलाई अग्रिम शुभकामना दिए ।

उम्मेदवारहरुको तर्फबाट अध्यक्ष पदका उम्मेदवार मेघराज बास्तोलाले खानेपानीलाई थप व्यवस्थित बनाउँदै सबै उपभोक्ताको घरघरमा पुर्याउने र यस अघिका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।    

सम्बन्धित समाचार