धारा जडान तथा महसुल शुल्क घटाउने स्वतन्त्र प्रगतिशिल प्यानलको प्रतिबद्धता
बिर्तामोड । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आसन्न निर्वाचनका लागि स्वतन्त्र प्रगतिशिल प्यानलले उम्मेदवार घोषणा गरेको छ । शनिबार बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरि प्यानलले उम्मेदवार घोषणा गरेको हो ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको संयुक्त प्यानलको रुपमा रहेको प्यानलका अध्यक्ष पदका उम्मेदवार देबेन्द्र सिटौलाले संस्थाको नेतृत्व गर्ने अवसर पाए हाल कायम रहेको धारा जडान शुल्क तथा मासिक महशुल शुल्क घटाउने प्रतिबद्धता जनाए । नयाँ मिटर जडान शुल्क ९ हजार रुपैयाँ र महसुल शुल्क दुई सय रुपैयाँ कायम गर्ने सिटौलाले बताए ।
परिचयात्मक कार्यक्रममा बोल्दै अधिकांश उम्मेदवारले पानीको गुणस्तरीयता कायम गर्ने, सार्वजनिक स्थानमा निशुल्क खानेपानीको ब्यवस्था गर्ने, पानीको धारा सबैको पहुँचमा पुर्याउने प्रतिबद्धता जनाए ।
स्वतन्त्र प्रगतिशिल प्यानलको उपाध्यक्ष प्रदिप खरेल, सचिव विष्णुप्रसाद चुडाल, कोषाध्यक्ष विनिता राजवंशी, सदस्यहरु छत्रबहादुर श्रेष्ठ, रमेश उप्रेती, तारा राई, पुनम अधिकारी लिम्बु र सिमा सिलवाल रहेका छन । संस्थाको जेठ १५ गते हुने निर्वाचनका लागि आइतबार मनोनयनको कार्यक्रम रहेको छ ।