२०८३ बैशाख १९ गते , शनिबार

बिर्तामोडको नगर गौरवको आयोजना शिलान्यास

sajilo news
परिवेश मिडिया
२०८० जेष्ठ २ गते , मंगलबार
बिर्तामोडको नगर गौरवको आयोजना शिलान्यास

बिर्तामोड । बिर्तामोड नगरपालिकाको नगर गौरवको आयोजनाको रुपमा रहेको वुट्टावारीप्याकुरेल चोक सडक खण्डको स्तरोन्नतिको शिलान्यास भएको छ ।

मंगलबार वुट्टावारीमा आयोजित एक समारोहका बिच ६ दशमलब २५८ किलोमिटर लम्वाई रहेको आयोजनाको कार्यक्रमकी प्रमुख अतिथि नगर प्रमुख पवित्रादेवी महतारा प्रसाईले शिलान्यास गरिन् ।

आयोजना निर्माणको ठेक्का आरपी÷स्याप÷समता जेभीले पाएको छ । विश्व बैंकको ५१ करोड २९ लाख ६१ हजार ३७२ रुपैयाँको लागतमा निर्माण हुने सो सडक दुई वर्ष भित्र सम्पन्न गर्ने गरि गत मंसिर १६ गते सम्झौंता भएको थियो । १२ दशमलव ५ मिटर चौडाई रहेको यो सडकको ७ मिटर कालोपत्रे गरिने बताइएको छ । सडकको दाँया वाँया डेन निर्माण गरिने छ भने सडकको दुवै तर्फ सडक वत्ती, गार्डेन रहने छ । सडकमा दुई दशमलव २० मिटरको फुटपाथ रहने छ ।

सडकले बिर्तामोड ६, ७ र ८ नम्वर वडा जोड्दै सदरमुकाम चन्द्रगढी जान सहज हुने छ ।

बिर्तामोड नगरपालिका वर्डा नम्वर ६ का वडाध्यक्ष सूर्य कन्दंवाको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका निर्वतमान मेयर ध्रुवकुमार शिवाकाटी, नेकपा एमालेका बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, राप्रपाका जिल्ला उपाध्यक्ष ध्रुव उप्रेती, नेकपा माओवादी केन्द्र बिर्तामोड नगर उपाध्यक्ष जेवी जवेगू लगायतले शुभकामना मन्तव्य राखेका थिए । सडकको विषयमा नगरपालिकाका इञ्जिनियर नरेन्द्र श्रेष्ठले प्रकाश पारेका थिए ।

सम्बन्धित समाचार