२०८३ बैशाख १९ गते , शनिबार

भ्रष्टाचारविरुद्ध देशैभरका पर्यटन श्रमिकहरु आन्दोलित

sajilo news
परिवेश मिडिया
२०८० जेष्ठ २ गते , मंगलबार
भ्रष्टाचारविरुद्ध देशैभरका पर्यटन श्रमिकहरु आन्दोलित

काठमाण्डौ । सक्कली नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अरबौं रकम ब्रम्हलुट गर्नेहरुमाथि कडाभन्दा कडा कारबाही गनुपर्ने माग गर्दै देशैभरका पर्यटन श्रमिकहरुले खबरदारी अभियान शुरु गरेका छन् ।

नेपालीलाई लुटेर खान पल्किएकाहरु जो कोही भएपनि उन्मुक्ति दिन नहुने भन्दै पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल, र्याफ्टिङ, एअरलाईन्स, सांस्कृतिक, पुरातात्विक, कार्गो, कुरियर श्रमिक यूनियन (युनिट्राभ नेपाल) ले खबरदारी अभियान थालेको हो ।

युनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले दोषी नछुटुन्, निर्दाेष नफसुन्भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै यो प्रकरणमा मुछिएका जुनसुकै ओहदा र पदका व्यक्तिभएपनि कारबाही गर्न माग गरेका हुन् । अडियो प्रकरण सार्वजनिक भइसकेका पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजू राणा देउवा, पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण लगायतलाई अनुसन्धानको घेरामा तान्न युनिट्राभले माग गरेको छ । दोषी जो भएपनि आजीवन जेल सजाय गर्नुपर्ने पर्यटन श्रमिकको माग छ । साथै कुनैपनि दलले दोषीलाई जोगाउने प्रयत्न नगर्न पनि संस्थाले खबरदारी गरेको छ ।

कोही पनि व्यक्तिलाई भ्रष्टाचार गर्न नसक्ने कारबाही र कुनैपनि पार्टी एवम् व्यक्तिबाट संरक्षण हुन नसक्ने व्यवस्था अब नथाल्ने हो भने देशको उन्नती, प्रगती सम्भव नहुने भन्दै युनिट्राभले भ्रष्टाचारीलाई कसैले ढाकछोप गर्न खोजिए हातमा जे छ त्यहि लिएर जो कोहीविरुद्ध जाइलाग्न तयार हुने चेतावनी पनि दिएको छ । युनिट्राभले लाउडा काण्ड, ललिता निवास काण्ड, एनसेल प्रकरणदेखि सबै भ्रष्टाचारका काण्डमाथि छानबिन गर्न पनि माग गरेको छ । यी सबै काण्डमाथि छानबिन गरेर भ्रष्टाचारीको सबै सम्पत्ति जफत गरी राष्ट्रियकरण गर्नुपर्ने युनिट्राभको माग छ । भ्रष्टाचारीलाई कारबाही नभएसम्म खबरदारी अभियान जारी राख्ने युनिट्राभले जनाएको छ ।

                                   

सम्बन्धित समाचार