२०८३ बैशाख १९ गते , शनिबार
पूर्व सांसद शेर्पाद्वारा आत्मसमर्पण
काठमाण्डौ । नेपाली कांग्रेसका पूर्वसभासद आङटावा शेर्पाले आत्मसमर्पण गरेका छन् । नेपाल प्रहरीले खोजी तीब्र पारेपछि शेर्पा प्रहरी कार्यालय गएका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले बयानका क्रममा संलग्नता रहेको बताएपछि प्रहरीको आग्रहमा जिल्ला अदालत काठमाण्डौले आइतबार शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएपछि शेर्पा बेपत्ता भएका थिए ।
जिल्ला प्रहरी परिसर काठमाण्डौका एक अधिकारीले शेर्पा प्रहरी कार्यालयमा आइपुगेको जानकारी दिए ।
यो प्रकरणमा नेकपा एमालेका नेता तथा सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत पक्राउ परिसकेका छन् ।