२०८३ बैशाख १९ गते , शनिबार

प्रेस यूनियन झापामा भट्टराई

sajilo news
परिवेश मिडिया
२०८० बैशाख ३१ गते , आईतबार
प्रेस यूनियन झापामा भट्टराई

बिर्तामोड । नेपाल प्रेस यूनियन झापाको अध्यक्षमा गिरिराज भट्टराई निर्वाचित भएका छन् । यूनियनको आज बिर्तामोडमा सम्पन्न १० औं जिल्ला अधिवेशनबाट भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्ष पदका लागि भट्टराई, राजेन्द्र गौतम, सुरेन्द्र भण्डारी र मनकुमार शर्माले उम्मेदवारी दर्ता गराएपनि अन्तिम समयमा भण्डारीले आफू प्रदेश समिति सदस्यपनि भएको भन्दै उम्मेदवारी फिर्ता लिएका थिए ।

सर्वसम्मत नेतृत्व चयन गर्ने अधिकतम प्रयत्न भएपनि अन्तिममा निर्वाचन भएको थियो । भट्टराईले ६६ मत र गौतमले ५२ मत पाएका थिए भने शर्माले १ मत प्राप्त गरेका थिए ।

यसैगरी, उपाध्यक्ष पदमा ईश्वर अधिकारी, सविना लिम्बू, सचिवमा अर्जुन राजवंशी, सहसचिवमा जसोदा राजवंशी र कोषाध्यक्षमा ओमप्रकाश भट्टराई सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा रणदेव हजाम, अनुसा चुँडाल, तलु बास्के, शान्ति सुब्बा, विष्णु श्रेष्ठ, जोस्ना श्रेष्ठ, कौशल भण्डारी, तुलसीप्रसाद निरौला, देवेन्द्र प्रसाई, पोषराज कटुवाल, युवराज रेग्मी, रञ्जित परियार र विष्णुप्रसाद पौडेल चयन भएका छन् ।

यूनियनको जिल्ला अध्यक्ष इन्दु गौतमको अध्यक्षतामा भएको खुला सत्रका प्रमुख अतिथी नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गर्दै कार्यक्रमको सफताको शुभकामना दिएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डे, सचिव कृष्ण हुमागाईँ, प्रेस यूनियन प्रदेश समिति अध्यक्ष मिनकुमार नवोदित श्रेष्ठ, केन्द्रीय सचिव रेजिना गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार