२०८३ बैशाख १९ गते , शनिबार

सदस्यता त्यागको स्वःघोषणा गर्न महासंघको अनुरोध

sajilo news
परिवेश मिडिया
२०८० बैशाख २९ गते , शुक्रबार
सदस्यता त्यागको स्वःघोषणा गर्न महासंघको अनुरोध

बिर्तामोड । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले जारी गरेको सदस्यता शुद्धीकरण मापदण्ड बमोजिम झापा शाखाले सदस्यता त्यागको स्वःघोषणा गर्न आग्रह गरेको छ । महासंघले शुद्धीकरण मापदण्ड २०७९ बिपरित रहेका सदस्यहरुलाई सदस्यता त्यागको स्व:घोषणा गर्न आग्रह गरेको हो ।
महासंघले पत्रकारितामा सक्रिय नरहेका, राजनीतिक दलको कुनैपनि तहको समितिमा रहेका, जनप्रतिनिधि, नेपाल सरकारको स्थायी, अस्थायी र करार सेवाका कर्मचारी, कहिलेकाहि मात्र पत्रकारिता गर्ने, गैरसरकारी तथा वित्तीय क्षेत्रका कर्मचारी, ६ महिनाभन्दा लामो समयदेखि विदेशमा रहेका महासंघ कार्यसमितिका पदाधिकारी, सदस्य तथा साधारण सदस्यहरुको सदस्यता नवीकरण नगर्ने निर्णय गरेकाले साधारण सदस्यहरुलाई २०८० जेठ ५ गते भित्रमा स्वेच्छिक रुपमा सदस्यता त्यागको स्वः घोषणा गर्नका लागि अनुरोध गरेको हो । सो अवधिमा स्वः घोषणा गर्ने सदस्यहरुलाई स–सम्मान बिदाई गर्ने महासंघले जनाएको छ ।
मापदण्डमा नपर्ने सहस्यहरुले सदस्यता त्यागको स्वःघोषणा नगरे पनि नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण मापदण्ड २०७९ को कार्यान्वयनसँगै सदस्यता समाप्ति हुने पत्रकार महासंघ झापाका सचिव डिकेश लामाले जानकारी दिए ।  झापामा महासंघका २५५ जना सदस्य रहेका छन ।

सम्बन्धित समाचार