२०८३ बैशाख १९ गते , शनिबार

आगलागीबाट १० लाख बढीको क्षति

sajilo news
परिवेश मिडिया
२०८० बैशाख २९ गते , शुक्रबार
आगलागीबाट १० लाख बढीको क्षति

महमाई । इलामको माई नगरपालिका२ जरायोटारका पूर्णबहादुर माबोहाङ्ग लिम्बूको घर बिहीबार जलेर नष्ट भएको छ । करिब ३ बजेतिर घरमा अचानक आगोलागि भएको हो । घर जलेर नष्ट हुँदा १० लाख माथिको क्षति भएको अनुमान गरिएको छ । लिम्बूको ६ वटा कोठा भएको दुई तले घर आगलाीमा परि नष्ट भएको हो ।

आगलागी के कारण भएको हो । खुल्न सकेको छैन । चार जनाको परिवार बस्दै आएको लिम्बूको परिवारमा कोही नभएको समयमा आगलागी भएको हो । बिद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने आशंका गरिएको छ । लिम्बूको घरमा रहेको करिव ३० मन धान, चाँदीको गरगहना, लत्ता कपडा, भाडाबर्तन लगायत जलेर नष्ट भए ।

आगलागीको माई२ का वडाध्यक्ष उर्दबहादुर राई, वडा सचिव बिष्णु कट्टेल, वडा सदस्य कुन्ता पाण्डे, नेपाल प्रहरीको टोली लगायतले स्थलगत अनुगमन गरि क्षतिको विवरण लिएको हो । आगलागीबाट मानवीय क्षति नभएको बताइएको छ ।

सम्बन्धित समाचार