२०८३ बैशाख १९ गते , शनिबार

बिना दर्ता सञ्चालित व्यवसाय पालिकाले बन्द गर्न सक्छ : प्रमुख प्रशासकीय अधिकृत न्यौपाने

sajilo news
परिवेश मिडिया
२०८० बैशाख २८ गते , विहीबार
बिना दर्ता सञ्चालित व्यवसाय पालिकाले बन्द गर्न सक्छ : प्रमुख प्रशासकीय अधिकृत न्यौपाने

बिर्तामोड । स्थानीय पालिकाबाट सञ्चालन अनुमति नलिइ कुनैपनि ब्यवसाय गर्न नहुने बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले बताए । सबै खाले ब्यवसायीले ब्यवसाय दर्ता प्रमाणपत्र लिएरमात्र सञ्चालन गर्नुपर्ने प्रमुख प्रसाशकीय अधिकृत न्यौपानेले  बताएका हुन ।

प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले जुनसुकै ब्यवसाय पनि नगरपालिकामा दर्ता नगरी सञ्चालन गर्न नपाइने बताए । उनले त्यसरी दर्ताबिना सञ्चालनमा रहेका ब्यवसायलाई अनुगमन गरी कारवाही गरिने समेत बताए । स्थानीय पालिकाको चौहद्दीभित्र कारोवार गर्ने जुनसकै ब्यवसायीले पनि सञ्चालन अनुमति लिनुपर्छ, न्यौपानेले भने,‘बिनादर्ता सञ्चालन गरेको ब्यवसाय नगरले जुनसुकै बेला बन्द गर्न सक्छ ।

न्यौपानेका अनुसार आर्थिक कारोबार गर्ने सबै ब्यवसायीले सञ्चालनका लागि अनुमति लिएर बार्षिक कर तिर्नु पर्छ । पूर्वको मेनपावर बजारको रुपमा रहेको बिर्तामोडका अधिकांश मेनपावरले व्यवसाय दर्ता नगरी सञ्चालन गरिरहेको सन्दर्भमा न्यौपानेले ती सबै मेनपावरले पालिकाबाट अनिवार्य सञ्चालन अनुमति लिनु पर्ने बताए । शाखा सञ्चालनका लागि पनि स्थानीय तहबाट अनिवार्य व्यवसाय सञ्चालन अनुमति लिनुपर्छ, उनीहरुलाई त्यो छुट छैनउनले भने,‘उनीहरुले अनिवार्य व्यवसाय कर बार्षिक रुपमा तिर्नुपर्छ ।

मेनपावर हबको रुपमा रहेको बिर्तामोडमा रहेका मेनपावरका शाखा कार्यालयबाट बिर्तामोड नगरपालिकाले लाखौँ रुपैँया राजश्व गुमाइ रहेको छ ।

मेनपावर ब्यवसायीले भने अनविज्ञताका कारण स्थानीय तहमा दर्ता नगरेको बताउँछन् । ब्यवसायी कर्ण पौडेलले भर्खरै शाखा सञ्चालनको अनुमति लिएका कारण स्थानीय पालिकामा दर्ता गर्नु पर्छ भन्ने थाहा नभएको बताए । उनले केन्द्रिय कार्यालय र शाखा कानुनतः दर्ता भएर प्रमाणपत्र पाएपछि सञ्चालन गर्न सक्ने भन्ने अधिकांश ब्यवसायीको बुझाई रहेको धारणा राखे । पौडेलले नगरपालिकाको नियम अनुसार दर्ता गरेर ब्यवसाय गर्नका लागि ब्यवसायीबिच छलफल चलाउने बताए ।

शाखा कार्यालयलाई आर्थिक कारोबारको अनुमति नभएपनि बिर्तामोडमा सञ्चालित सबै शाखाले आर्थिक कारोबार गर्ने गरेका छन् । हेड अफिसले कानुनी फन्दामा परिने भयले विदेशिने युवायुवतीबाट सोझै रकम बुझ्दैनन् उनीहरुले आफूले पाउने रकम शाखा कार्यालयबाट मात्र बुझ्ने गरेका छन् । मोटो रकम लिने मेनपावरका शाखा कार्यालयले आफ्नो कमिशन कटाएर बाँकि रकम हेड अफिस पठाउने गरेका छन् ।

नाम उल्लेख नगर्ने शर्तमा एकजना मेनपावर ब्यवसायीले भने–‘काठमाण्डौको हेड अफिसले सोझै रकम नलिने भएकाले हामीले यहीँ लिएर पठाउने गरेका छौं,’ उनले भने,‘ शाखा सञ्चालक र अरु स्टाफको बैक बिवरण हेर्ने हो भने थुप्रै मेनपावरले मासिक १ करोड भन्दा बढी रकम संकलन गर्छन ।राज्यले १० हजार भन्दा बढी रकम प्रतिब्यक्ति लिन नपाइने नीति बनाएपनि मेनपावर ब्यवसायीले भने लाखौं रुपैयाँ असुलिरहेका छन् । 

 

सम्बन्धित समाचार