२०८३ बैशाख १९ गते , शनिबार

ज्ञानेन्द्रको प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

sajilo news
परिवेश मिडिया
२०८० बैशाख २७ गते , बुधबार
ज्ञानेन्द्रको प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाले भद्रपुर नगरपालिका ९ स्थित श्री पुहाँतु जनज्योति माध्यमिक विद्यालयका शिक्षक अभिभावक संघ (पीटीए) अध्यक्ष ज्ञानेन्द्र कटुवालले प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति दिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । महासंघले वुधबार एक विज्ञप्ति जारी गरी समाचारको विषयलाई लिएर सामाजिक सञ्जालमार्फत सार्वजनिकरुपमा पेशाप्रति हतोत्साहित बनाउने जस्ता प्रेस स्वतन्त्रता विरोधी कार्य गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।

नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद् सदस्य तथा सेतोपत्र डटकमका सम्पादक ज्ञानेन्द्र निरौलाले पुहाँतु जनज्योति माविको बिषयमा समाचार लेखेका थिए । विद्यालय व्यवस्थापन समिति र त्यहाँ कार्यरत पाँच जना शिक्षकवीचको विवादको  बारेमा सेतोपत्र डटकममा सम्प्रेषित समाचारको विषयलाई लिएर पीटीए अध्यक्ष कटुवालले आफ्नो फेसबुकमा स्टाटस लेखेर पत्रकार निरौला र सञ्चारमाध्यमकोे नामै किटान गरी कार्वाहीको धम्की दिदैं पेशाप्रति हतोत्साहित बनाउने कार्य गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति चित्त नबुझे वा कुनै गुनासो रहे त्यसउपर कानुनी उपचारमा जान सकिने विकल्प र स्थापित मान्यता हुँदाहुँदै सामाजिक सञ्जालमार्फत पत्रकार र सञ्चार माध्यमको नामै किटान गरेर धम्क्याउदै हतोत्साहित बनाउने कार्य प्रेस स्वतन्त्रताविरोधी  र खेदजनक भएको महासंघको ठहर छ ।  महासंघले त्यस्तो कार्यमा संलग्नलाई कानूनी कार्वाहीको दायरामा ल्याउन महासंघ सरकार र स्थानीय प्रशासनसँग माग गरेको छ ।

महासंघ झापा शाखा संविधानले सुनिश्चित गरेको प्रेसको अधिकार र स्वतन्त्रताको सम्मान गर्न र आगामी दिनमा यसखाले गतिविधि नगर्न सम्बन्धित पक्षलाई सचेत गराउँदछ,’ विज्ञप्तिमा उल्लेख छ ।

कटुवालको फेसबुक स्ट्याटस

सम्बन्धित समाचार