२०८३ बैशाख १९ गते , शनिबार

झापाबाट सुखानी सन्देश प्रकाशन शुरु

sajilo news
परिवेश मिडिया
२०८० बैशाख २७ गते , बुधबार
झापाबाट सुखानी सन्देश प्रकाशन शुरु

बिर्तामोड । झापाबाट सुखानी सन्देश साप्ताहिक पत्रिका प्रकाशन आरम्भ भएको छ । बुधबार सुखानी सन्देशको पहिलो अंक  बजारमा आएको हो ।
पत्रिकाको प्रकाशक/प्रधान सम्पादक राजु पाठक रहेका छन । पाठक बिगत दुई दशकदेखि सक्रिय पत्रकारितामा आवद्ध छन । उनी प्रेस सेन्टर झापाका अध्यक्ष हुन ।
डेढ दशक अघि क्रान्तिकारी पत्रकारहरुद्वारा प्रकाशन गरिएको सुखानीले निरन्तरता पाउन सकेको थिएन ।
कम्युनिष्ट आन्दोलनको एउटा महत्वपूर्ण हिस्सा रहेको सुखानी घटनामा शाहदत प्राप्त गरेका सहिदहरुको सपना अझैपनि पूरा हुन नसकेको भन्दै ती विचारलाई पत्रिकाले पाठकमाझ पुर्याउने प्रकाशक राजु पाठकले बताए ।
सुखानीले ब्यवसायीक र मर्यादित पत्रकारिताको विकासमा सशक्त सन्देश प्रवाह गर्ने विश्वास ब्यक्त गरिएको छ ।
प्रेस सेन्टर झापाले पत्रिका प्रकाशन आरम्भको अवसरमा बधाई दिँदै निरन्तरताको शुभकामना ब्यक्त गरेको छ ।

सम्बन्धित समाचार