२०८३ बैशाख १९ गते , शनिबार

पाथिभरा जाने क्रममा बाटोबाट बेपत्ता झापाका पराजुली मृत भेटिए

sajilo news
परिवेश मिडिया
२०८० बैशाख २६ गते , मंगलबार
पाथिभरा जाने क्रममा बाटोबाट बेपत्ता झापाका पराजुली मृत भेटिए

ताप्लेजुङ । पाथीभरा जाने क्रममा गत २२ गते बिहानदेखि बेपत्ता झापा अर्जुनधारा नगरपालिका-५ का लोकप्रसाद पराजुली मृत भेटिएका छन् ।
६० वर्षीय पराजुलीलाई खोजतलास गर्ने क्रममा मंगलबार बिहान जंगलमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए । लिम्बूका अनुसार माथिल्लो फेदीदेखि करिब अढाइ/तीन किलोमिटर उत्तरपट्टीको जंगल क्षेत्रमा उनको शव भेटिएको हो । परिवारका सदस्यसहित पाथीभरा दर्शनका लागि गएका उनलाई माथिल्लो फेदीदेखि मान्छेलाई पिठ्यूँमा बोकाएर लगिएको थियो । शौचालय जान भन्दै जंगलतर्फ पसेका उनी नफर्किएपछि खोजी भएको हो । 

सम्बन्धित समाचार