२०८३ बैशाख १९ गते , शनिबार
सुरुङ्गाको पाथीभरा होटलमा एक महिला झुण्डिएको अवस्थामा फेला
बिर्तामोड । झापाको सुरुङ्गास्थित होटल पाथीभरामा एक महिलाको शव झुण्डिएको अवस्थामा फेला परेको छ । कनकाई नगरपालिका वडा नम्बर ३ एकता टोल घर भई सोहि स्थानमा डेरा गरि बस्ने रेशम चौधरीकी श्रीमती २४ बर्षीया सीता बुढाथोकीको शव पाथीभरा होटलमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
३ र ५ बर्षीया छोरी र श्रीमानसँगै सुतेकी ढुंगाना विहान झुण्डिएको अवस्थामा फेला परेको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । ढुंगाना दम्पती सोहि होटलको कामदार रहेको बुझिएको छ ।