२०८३ बैशाख १९ गते , शनिबार
अनियन्त्रित पिकअपले बिर्तामोडमा विजुलीको पोल भाँच्यो
बिर्तामोड । बिर्तामोडको भद्रपुर रोडमा अनियन्त्रित पिकअपको ठक्करबाट विजुलीको पोल भाँच्चिएको छ । शनिबार विहान १ बजेर १० मिनेटको समयमा प्रदेश–१–०१–००१ ज ३५७१ नम्बरको महिन्द्राको पिकअप अनियन्त्रित भई विजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा आसपासको क्षेत्रमा विद्युत अवरुद्ध बनेको हो ।
बिर्तामोडको मुक्तिचोकबाट बिर्ताबजार तर्फ जाँदै गरेको पिकअप अनियन्त्रित भई लिटल प्mलावर छेउको मनकामना हार्डवेयर अगाडीको विजुलीको पोलमा ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनाबाट फाकफोकथुम ६ बस्ने अन्दाजी ३० बर्षीय चन्द्र कोइराला घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । शरिरको विभिन्न भागमा चोट लागेका कोइरालाको बिर्तासिटी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनाबाट अन्य मानवीय क्षति नभएको बताइएको छ ।