२०८३ बैशाख १९ गते , शनिबार

संचारकर्मी राजवंशीलाई मातृशोक

sajilo news
परिवेश मिडिया
२०८० बैशाख १९ गते , मंगलबार
संचारकर्मी राजवंशीलाई मातृशोक

बिर्तामोड । झापाली संचारकर्मी इन्द्रसिंह राजवंशीलाई मातृशोक परेको छ । प्रतिदिन दैनिकका सम्पादक राजवंशीकी आमा कलावतीको ८७ बर्षको उमेरमा आज (मङ्गलबार) निधन भएको हो ।
राजवंशीको बुढ्यौलीका कारण निधन भएको परिवारले जनाएको छ । केहि समयदेखि उनी श्वासप्रश्वास सम्बन्धि समस्याले पिडित थिइन । अस्पतालबाट केहिदिन अघि उनलाई घरमा ल्याइएको थियो ।
मङ्गलबार पौने तीन बजे दिवङ्गत भएकी राजवंशीको भोलि बुधबार बिहान १० बजे कनकाई माइमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । 

सम्बन्धित समाचार