२०८३ बैशाख १९ गते , शनिबार

आज १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, यस्तो छ श्रमिक दिवसको इतिहास

sajilo news
परिवेश मिडिया
२०८० बैशाख १८ गते , सोमबार
आज १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, यस्तो छ श्रमिक दिवसको इतिहास

बिर्तामोड । आज मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस देशै भर विभिन्न कार्यक्रम गरी मनाईँदैछ । १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालमा सामाजिक सुरक्षा, मर्यादित श्रमः श्रमको सम्मान, राष्ट्रको अभियानभन्ने मुल नारासहित मनाउन लागिएको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसहित विभिन्न राजनीतिक दलका मजदुर संगठनको आयोजनामा कार्यक्रम गरी यो दिवस देशैभरी मनाइँदैछ । सरकारले आज देशैभर सार्वजनिक विदा दिएको छ । 

आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आरामभन्ने नारा स्थापित भएको दिनको सम्झनामा यो दिवस मनाइँदै आएको छ । मजदुरहरुले आन्दोलन गरिरहेको अवस्थामा सन् १८८६ मा अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा अचानक बम विस्फोट भयो ।

सो बम विस्फोट कसले गराएको हो ? भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत् मजदुरमाथि व्यापक दमन सुरु र्गयो । र, प्रहरीको सो दमनमा परी गोली लागि आन्दोलननरतत सातजना मजदुरको पनि मृत्यु भयो । प्रहरी दमनले त्यो आन्दोलन रोकिएन, झन झन चर्किदै गयो । अन्ततः सो आन्दोलन सफल भयो र त्यसपछि मजदुरलाई आठ घन्टा मात्रै काम गराउन थालियो ।

त्यसको चार वर्ष पछि सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताहरुको  संयुक्त बैठक बस्यो । बैठकले सोही दिनको सम्झनामा विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यस पछि सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालिएको हो ।

नेपालको विराटनगरमा वि.सं २००७ मा पहिलो मजदूर आन्दोलन भएको थियो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसको अवसरमा सार्वजनिक बिदा दिन थालिएको हो ।       

सम्बन्धित समाचार