इलाम झापा मैत्रीसमाजको नयाँ नेतृत्व चयन
बिर्तामोड । इलाम झापा मैत्री समाजको नयाँ नेतृत्व चयन भएको छ । शनिबार बिर्तामोडमा सम्पन्न चौथो जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो । अधिवेशनबाट तिलोत्तमा खत्रीको नेतृत्वमा सत्र सदस्यीय नयाँ समिति सर्वसम्मत चयन भएको हो ।
समितिको उपाध्यक्षद्वय नरेश कर्माचार्य र इश्वरा श्रेष्ठ चयन भएका छन ।
महासचिव दिनेश भट्टराई, सचिव सागर रिजाल र कोषाध्यक्षमा सीता मगर न्यौपाने चयन भएका छन ।
समितिका सदस्यहरु लोकप्रसाद चापागाईं, कबिता अधिकारी पौडेल, दुर्गादेवी अधिकारी पौडेल, सुरेन्द्र पौडेल, तुलसा खतिवडा, तुलाराम निरौला, गोपाल (नेत्र) कार्की, संगिता गिरी, रेस बहादुर बस्नेत, चन्द्रबहादुर तिवारी र गोपालचन्द्र दाहाल रहेका छन ।
नव निर्वाचित अध्यक्ष खत्रीले समाजको अक्षयकोष निर्माण गर्ने बताउँदै आफुले ५१ हजार ५५५ रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरिन । समितिको पहिलो बैठकसमेत आजै सम्पन्न भएको छ ।
कार्यक्रममा मृगौला पिडित समाजका निवर्तमान जिल्ला सदस्य अर्जुनधारा ११ निवासी चन्द्रबहादुर बस्नेतलाई कार्यक्रममा सहभागीहरुबाट संकलित २२ हजार ६०० रुपैयाँ सहयोग हस्तान्तरण गरिएको समाजका बिर्तामोड नगर सचिव मिलन कोइरालाले जानकारी दिए ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन मण्डलका अध्यक्ष सुरेन्द्र नेपालले प्रमाणपत्र वितरण गर्नुका साथै सपथ ग्रहण गराएका थिए । निर्वाचन कार्यक्रमलाई पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले सहजीकरण गरेका थिए ।