२०८३ बैशाख १९ गते , शनिबार

अख्तियारको निर्देशन मान्नु नपर्ने भन्दै चेप्टी सञ्चालकद्वारा मिडियाबाजी

sajilo news
परिवेश मिडिया
२०८० बैशाख १६ गते , शनिबार
अख्तियारको निर्देशन मान्नु नपर्ने भन्दै चेप्टी सञ्चालकद्वारा मिडियाबाजी

बिर्तामोड । इलामको माई नगरपालिका वडा नम्बर २ मा निर्मित ह्याप्पी ड्रिम्स चेप्टी प्रा.लि.का सञ्चालक अख्तियारको निर्णय मान्नु नपर्ने भन्दै मिडियाबाजीमा उत्रिएका छन् । फनपार्कले पर्ती, खोला र सामुदायिक वनको जग्गा ओगटेकाले खाली गर्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र पठाएसँगै पार्कका सञ्चालक दिनेश शिवाकोटीले पत्रकार सम्मेलन नै गरेर अख्तियारको निर्णय मान्नु नपर्ने बताएका हुन् । 

पार्कले ओगटेको २ सय १८ रोपनी मध्ये ४१ रोपनी मात्र पार्कको स्वामित्वमा रहेको भन्दै अख्तियारले ३५ दिन भित्र उक्त जग्गा खाली गराउन भन्दै पत्राचार गरेको थियो । पार्कले १ सय ३२ रोपनी पर्ती र माइखोलाको जमिन तथा ४५ रोपनी सामुदायिक वनको जमिन ओगटेको आयोगले ठहर गरेको छ । अख्तियारले पार्कको जमिन खाली गराउन इलामस्थित जिल्ला प्रशासन, डिभिजन वन र पार्क रहेको माई नगरपालिकालाई पत्र पठाएको थियो ।

पार्क सञ्चालक शिवाकोटीले शुक्रबार पार्कमै पत्रकार सम्मेलन गरेर ब्यक्तिगत फाइदा मात्र नहेरी उक्त ठाउँको बिकासलाई ध्यानमा राखेर आफुले करोडौँ लगानी गरेको बताउँदै अख्तियारले जमिन खाली गराउन दिएको निर्देशनप्रति सञ्चालक शिवाकोटीले असन्तुष्टि व्यक्त गरे । पार्क रहेको क्षेत्र वन क्षेत्र नभएको शिवाकोटीको जिकिर छ । हस्तक्षेप बढ्दै गए कानुनी उपचार खोजिने उनको भनाई छ ।

पार्क सञ्चालनमा आउनुपूर्व सो क्षेत्रका मानिसहरु काठ तस्करी गर्दथे भन्दै स्थानीय माथि शिवाकोटीले गम्भिर आरोप समेत लगाए । सञ्चालक शिवाकोटीका अनुसार फन पार्क सञ्चालनसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको, बाटोको सुबिधा पुगेको, स्थानीयलाई रोजगारी, जग्गाको मूल्यबृद्धिलगायतमा समेत प्रभाव परेको छ । उनले माई नगरपालिकाभित्र ८० प्रतिशत जमिन ऐलानी र २० प्रतिशत जग्गा मात्र नम्बरी रहेको बताउँदै उक्त ऐलानी जग्गा स्थानीयले बर्षौदेखि भोगचलन गर्दै आएको र आफुले नगरपालिका लगायत सम्बन्धित निकायबाट अनुमति लिएरै पार्क सञ्चालन गरेको भन्दै ढाकछोप गर्ने प्रयास गरेका छन् ।

 

  

सम्बन्धित समाचार