२०८३ बैशाख १९ गते , शनिबार

ब्यवसायीले घेराबारा गरेको फुटपाथ नगर प्रहरीले खाली गरायो

sajilo news
परिवेश मिडिया
२०८० बैशाख १५ गते , शुक्रबार
ब्यवसायीले घेराबारा गरेको फुटपाथ नगर प्रहरीले खाली गरायो

बिर्तामोड । ब्यवसायीद्वारा घेराबारा गरिएको फुटपाथ बिर्तामोड नगर प्रहरीले हटाएको छ । मनमोहन पुर्वान्चल क्षेत्रीय सामुदायिक अस्पतालको पुर्व पट्टि मनिष आइरनलगायतको अगाडीको भाग बिर्तामोड नगर प्रहरीले खाली गराएको हो ।
घिमिरे ट्रेडर्स, सिटी अटो ट्रेडर्स, रोयल मार्बल्स, मनिष आइरन भएको घरको अगाडीको फुटपाथ ब्यवसायीहरुले डोरी लगाएर घेरेका थिए । मनमोहन अस्पतालमा आउने सेवाग्राहीले सवारीसाधन आफ्नो अगाडी पार्किङ गर्दा ब्यवसायमा असर परेको भन्दै उनीहरुले आवतजावतमा नै समस्या हुने गरि कालोपत्रेसम्मै डोरी लगाएर घेरेका थिए । फुटपाथमा कसैले अवरोध सिर्जना गर्न नहुने नगर प्रमुख पबित्रा महताराले बताइन ।
सवारी तथा पैदल यात्रीलाई आवागमनमा समस्या भएको भन्दै केहि समयदेखि बिर्तामोड नगरपालिकाले फुटपाथ खाली गराउने अभियान नै चलाएको छ । शुक्रबार सो क्षेत्र बिर्तामोड नगर प्रहरी प्रमुख ढलकबहादुर पाण्डे नेतृत्वको टोलीले खाली गराएको हो ।
यता मनमोहन अस्पतालले सेवाग्राहीका लागि अलग्गै पार्किङ क्षेत्रको ब्यवस्था गरेको कर्मचारी गुरु निरौलाले जानकारी दिए । नगरकै समस्याको रुपमा रहेको पार्किङको उचित प्रबन्ध नहुँदा सडक किनार अस्तब्यस्त बन्ने गरेक छ । 

सम्बन्धित समाचार