२०८३ बैशाख १९ गते , शनिबार
मध्यराति दुई पटक भूकम्प
बिर्तामोड । नेपालको पश्चिमी भाग बाजुरा केन्द्रविन्दु भएर शुक्रबार भूकम्प गएको छ । राति ११M५८ बजे ४.९ म्याग्निच्युडको र राति १M३० बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए । उनका अनुसार दुवै भूकम्पको केन्द्रविन्दु बाजुराको दहकोटमा थियो ।
भूकम्पको धक्का देशका विभिन्न भागमा महसुस गरिएको थियो । बाजुरा केन्द्रविन्दु भएर लगातार तेस्रोपटक भूकम्प गएको छ । गत वैशाख १० गते ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो भने १४ गते ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।