२०८३ बैशाख १९ गते , शनिबार

वन उपभोक्ता महासंघ मेचीनगर अध्यक्षमा जानुका

sajilo news
परिवेश मिडिया
२०८० बैशाख १४ गते , विहीबार
वन उपभोक्ता महासंघ मेचीनगर अध्यक्षमा जानुका

मेचीनगर । सामुदायिक वन उपभोक्ता महासंघ मेचीनगर समितिको अध्यक्षमा महिला नेतृ जानुका ओली सर्वसम्मत चयन भएकी छिन् । आज (विहीबार) मेचीनगर१३ स्थित हातेमालो सामुदायिक वन समूहको कार्यालयमा आयोजित दोस्रो नगर अधिवेशनबाट ओलीको नेतृत्वमा नयाँ समिति चयन गरिएको हो । वन महासंघको नगर अध्यक्षमा महिला चयन भएको यो पहिलो हो । झापाका अन्य पालिकाको वन महासंघमा महिला अध्यक्ष पदमा पुग्न सकेका छैनन् । वन महासंघ नगर अध्यक्षमा चयन भएकी ओली मेचीनगर९ स्थित थोप्लेविरान वन समूहकी सचिवसमेत हुन् ।

अधिवेशनबाट महासंघ मेचीनगर उपाध्यक्षमा यामकान्त प्याकुरेल, महासचिवमा श्यामराज राई, सचिवमा युवराज रेग्मी र कोषाध्यक्षमा नरमाया निशा भण्डारी चयन भएकी छिन् । २७ सदस्यीय समितिको सदस्यमा लक्ष्मी श्रेष्ठ, विन्दु गिरी, गीता थापा, इन्दिरा नेपाल, टिका डाँगी, विना आङ्दाम्बे, विर्ख तामाङ, सिर्जना चिमरिया, झुमा भेटवाल, लक्ष्मी प्रसाईं, दुर्गा लिम्बू, दिपेन्द्र निरौला, निरलक्षी सुब्बा, कुसुम कटुवाल, मनिका भण्डारी, चन्द्रकला नेपाल, सन्जु कार्की चयन भएकी छिन् । मेचीनगरमा १३ वटा सामुदायिक वन छन् ।

सामुदायिक वन उपभोक्ता महासंघ मेचीनगर समिति अध्यक्ष वेदप्रकाश भण्डारीको अध्यक्षता तथा मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रीय सदस्य संगीता थापा, महासंघ पूर्व झापा अध्यक्ष युवराज कट्टेल, मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नं १ का अध्यक्ष अमर लिम्बू लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । महासंघ नगर उपाध्यक्ष चन्द्र सिग्देलले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव जानुका ओलीले गरेकी थिइन् । नयाँ समितिको कार्यकाल चार वर्षे हुनेछ ।

सम्बन्धित समाचार