२०८३ बैशाख १९ गते , शनिबार

इलाम झापा मैत्री समाजको अधिवेशन बैशाख १६ गते हुने

sajilo news
परिवेश मिडिया
२०८० बैशाख १४ गते , विहीबार
इलाम झापा मैत्री समाजको अधिवेशन बैशाख १६ गते हुने

बिर्तामोड । इलाम झापा मैत्री समाजको जिल्ला अधिवेशन बैशाख १६ गते हुने भएको छ । समाजको चौथो अधिवेसन तथा ११औँ बार्षिक साधारणसभा १६ गते शनिबार हुन लागेको हो ।
अधिवेशन जय ड्रीमल्याण्ड पार्कमा हुने इलाम झापा मैत्री समाज बिर्तामोड नगर सचिव मिलन कोइरालाले जानकारी दिए । कार्यक्रम बिहान १० बजेदेखि हुने बताइएको छ । कार्यक्रमको बिषयमा जानकारी दिने उद्धेश्यले बिहिबार ४ बजे पत्रकार सम्मेलनको आयोजना गरेको बुझिएको छ ।
बर्तमान अध्यक्ष कमल पौडेलको नेतृत्वमा रहेको समितिले प्रभावकारी काम गर्न नसकेको भन्दै अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्न तीब्र दबाब पश्चात् अधिवेशनको तयारी गरिएको एक सदस्यले जानकारी दिए ।
इलामबाट झापा आएर बसोबास गरेकाहरुलाई गोलबद्ध गरि सामाजिक कार्य गर्ने उद्धेश्यका साथ समाज स्थापना भएको सदस्य सागर रिजालले जानकारी दिए । समाजले स्वास्थ्य शिविर संचालन, वृद्धाश्रम, बालआश्रम लगायतमा खाद्यान्न वितरण गर्नुका साथै अति बिपन्न बिरामीहरुलाई सहयोग गर्दै आएको छ ।

सम्बन्धित समाचार