चर्चामा भन्दा काममा बिश्वास गर्ने कार्की
गौरादह । जितबहादुर कार्की उर्फ जेबी । झापाको गौरादह र आसपासको क्षेत्रमा परिचित र स्थापित नाम हो ।
व्यवसायिक क्षेत्रलाई मुख्य पेशा बनाएर दुई दशक अघिदेखि गौरादहमा हार्डवेयर व्यवसायदेखि एभरेष्ट राइस मिल प्रालिका प्रबन्धक हुँदै कनकाइ ग्याँस उधोग प्रालिका प्रबन्ध निर्देशक रहेका कार्कीसँग दोहोरो परिचय नभएका व्यवसायी कोही छैनन भने पनि हुन्छ । हाल उनी उद्योग बाणिज्य संघ गौरादहका अध्यक्ष छन ।
सबैसँग मिलनसार र आदर सत्कारको संस्कारका पर्यायवाचीनै हुन कार्की । उनको यहि स्वभावले गौरादहको व्यवसायिक,वित्तीय तथा सामाजिक क्षेत्रमा कुनै न कुनैबेला उनको आवश्यकता खड्किरहेकै हुन्छ ।
व्यवसायीहरुको भावनाको कदर गर्ने, व्यवसायिक हित र संरक्षणका लागि भिजन दिन सक्ने विशेषताकै कारण उनी गौरादह उद्योग वाणिज्य संघको हाल बर्तमान कार्यकालमा व्यवसायीहरुको मत जित्दै सर्वसम्मत अध्यक्ष भएका हुन ।
२०६१ सालमा झापा उद्योग वाणिज्य संघ गौरादह शाखाका तत्कालिन अध्यक्ष टीका श्रेष्ठ नेतृत्वको कार्यसमिति सदस्यबाट उद्योग बाणिज्य संघमा आफनो जिम्मेवारी सम्हालेका हुन ।
एउटा निश्कलंक र निर्विवाद पात्र
वाणिज्य संघमा आफनो कार्यकालका उनका अनुभवहरु धेरै छन । जिम्मेवारी बहन गर्ने सिलसिलामा अहिलेसम्म विवादमा परेनन । उनको कार्यकाल हरेक पटक निर्विवादित बितेको इतिहास छ ।
आफनो बारेमा आफैंले भन्नु वा प्रचार गर्नु भन्दा समाजबाट आउने प्रतिक्रियालाई महत्व दिने उनको स्वभाव छ । कार्की भन्छन– 'वाणिज्य संघमा स्वभाविक रुपले व्यवसायीक कुराहरु नै आउँछन । म सँग व्यवसायीहरुले लिएर आउनु भएको समस्यालाई सके सम्म समाधान गरेर पठाएको छु।'
कति बिषय व्यवसायीका विरुद्धमा पनि आए कति व्यवसायीको पक्षमा पनि आए मैले निर्वाह गरेको भुमिका कस्तो रहयो ? त्यो मसँग भन्दा पनि व्यवसायीहरुसँगै त्यसको जवाफ छ । त्यो उहाँ (व्यवसायी साथीहरु) ले नै महसुस गर्ने कुरा रहयो ।
व्यवसायीहरुको जित, व्यवसायीहरुकै हित
व्यवसायीहरुको जित, व्यवसायीहरुकै हित भन्ने सन्देश लिएर व्यवसायीहरु माझ गइरहेका कार्कीले अहिले सम्म कहिल्यै व्यापार बाहेक जिविकोपार्जनको अर्को कुनै माध्यम रोजेका छैनन ।
कर सम्बन्धिका चुनौतीलाई सहजीकरण, घरधनी र बहालमा व्यवसाय गर्ने व्यवसायीहरुबीच बेला बखत बढेको दुरीलाई घटाएर सहजीकरण गर्न निर्विवादित भुमिका खेल्ने गरेका कार्कीले गौरादह उधोग बाणिज्यलाई अघि बढाउन उत्तिकै महत्वपूर्ण भुमिका निर्वाह गरिआएका छन ।
गौरादह बजारलाई बन्दमुक्त बनाउन, संघको कार्यालयलाई व्यवस्थित र प्रविधि मैत्री बनाउने जस्ता महत्वपूर्ण काममा उनीसहितको तत्कालिन टिमको भुमिका उत्तिकै छ ।
२०३३ सालमा जन्मिएका कार्कीको परिवार मधेस झरेपछि गौरादहलाइ व्यवसायिक थलो बनाएर यहाँका सामाजिक तथा व्यवसायिक क्षेत्रमा क्रियाशील बनेका हुन ।
उनले गौरादहमा विभिन्न सामाजिक संघ संस्थामा जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन ।
जहाँ जुन जिम्मेवारीमा बस्छन त्यसलाई सफलतापूर्वक पूरा गर्छन भन्ने तथ्य बजारमा छोडदै संघको आसन्न निर्वाचनमा मतदाता व्यवसायीहरु बिच छलफल गर्दै छन । उनको उम्मेदवारीको चर्चाले गौरादहको व्यवसायिक वृत्तमा ठुलो हलचल पैदा गरिदिएको छ ।