२०८३ बैशाख १९ गते , शनिबार

गोपाल गौरीको अक्षय कोषका लागि महायज्ञ आयोजना गरिँदै

sajilo news
परिवेश मिडिया
२०८० बैशाख १० गते , आईतबार
गोपाल गौरीको अक्षय कोषका लागि महायज्ञ आयोजना गरिँदै

बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिका११ झिलझिलेमा अवस्थित गोपाल गौरी दिगो विकास प्रतिष्ठानले श्रमिद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गर्न लागेको छ । प्रतिष्ठानले वैशाख १६ देखि २३ गतेसम्म महायज्ञ आयोजना गर्न लागेको आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । 

अक्षयकोषका लागि महायज्ञ आयोजना गर्न लागेको प्रतिष्ठानकी अध्यक्ष इन्दिरा गौतमले जानकारी दिइन् । मेरो शेखपछि पनि प्रतिष्ठान सञ्चालनमा आर्थिक अभाव नहोस भनेर अक्षयकोष निर्माण गर्न लागिएको हो,’ उनले भनिन्,‘अनुष्ठानको माध्यमबाट अक्षयकोष निर्माणमा सहयोग पुग्छ भन्ने हाम्रो अपेक्षा छ ।

चर्चित भागवत वाचिका राधिका दासीले प्रतिष्ठानद्वारा आयोजित महायज्ञमा कथा वाचन गर्ने आयोजकले जनाएको छ । अनुष्ठानबाट ६० लाख रुपैँया आम्दानी गर्ने प्रतिष्ठानको लक्ष्य रहेको छ । अनुष्ठान आयोजनाका अधिकांश काम सम्पन्न भएको जनाइएको छ ।

आफ्ना श्रीमान तथा सन्तान गुमाएकी इन्दिरा गौतमले आफ्नो सम्पूर्ण जायजेथा, पेन्सन तथा गरगहनासमेत प्रतिष्ठानको हुने गरी कानुनी प्रक्रिया पुरा गरी संस्था स्थापना गरिएको प्रतिष्ठानले जनाएको छ । पारिवारिक हिंसा पिडित, बेसहारा महिलाहरुलाई आवासीय सुविधासहित सिलाई कटाई, ढाका बुनाई लगायत सीप सिकाएर पुनस्थापित गराउने प्रतिष्ठानको मुल उद्धेश्य रहेको अध्यक्ष गौतमले जानकारी दिइन् । हाल संस्थामा पाँच जना महिलाहरु आश्रित रहेका छन् । प्रतिष्ठानले विभिन्न निकायहरुसँग सहकार्य गरी फरक फरक स्थानमा महिलाहरुलाई विभिन्न रोजगारमूलक तालिमहरु समेत प्रदान गर्दै आएको छ ।

प्रतिष्ठानले आर्थिक अभाव झेलिरहेको बालबालिका लगायत अन्य प्रकोप पिडित मानिसहरुलाई समेत राहत प्रदान गर्दै आएको अध्यक्ष गौतमको भनाई छ । प्रतिष्ठानको उद्धेश्य अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै अनुष्ठानमा सहयोग गरिदिन सम्पूर्ण दाताहरुलाई प्रतिष्ठानको सदस्यसमेत रहेकी सञ्चारकर्मी लिला अनमोलले आग्रह गरिन् ।  

सम्बन्धित समाचार