२०८० जेष्ठ १६ गते , मंगलबार

बिर्तामोडमा प्रथम प्रदेश स्तरीय महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु

आयोजक ‘अल इन वान’ सेमीफाइनलमा प्रवेश

sajilo news
परिवेश मिडिया
२०८० बैशाख १० गते , आईतबार
बिर्तामोडमा प्रथम प्रदेश स्तरीय महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु

बिर्तामोड । झापाको बिर्तामोडमा प्रथम प्रदेश स्तरीय महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । बिर्तामोड नगरपालिका१० सैनिकमोडको अल इन वानक्लबलको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

शनिबार भएको प्रतियोगिताको पहिलो खेलमा धरान महिला फुटबल क्लब सुनसरीलाई टाईब्रेकरमा पराजित गर्दै आयोजक टिम अल इन वानक्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड१० स्थीत महेन्द्र ज्योति मा.वि.को खेल मैदानमा भएको खेलमा निर्धारीत समयमा दुईदुई गोलको बराबरी भएपछि नतिजाका लागि टाईब्रेकर भएको थियो । टाईब्रेकरमा अल इन वानक्लबका खेलाडीहरु एलेक्स चौधरी, लक्ष्मी श्रेष्ठ, चत्रिका चौधरी र अनिता लम्जेलको प्रहार गोलमा परिणत भएको थियो ।

टाईब्रेकरमा धरानका लागि सुस्मीता राईले गोल गरेपनि प्रतिक्षा राई र टेरेशा मगरको प्रहार गोलमा परिणत हुन नसक्दा पराजय भोग्न बाध्य बन्यो ।

त्यसअघि बराबरी भएको खेलमा आयोजक अल इन वानक्लबका लागि कुशुम राईले खेलको २१ औं र प्रतिक्षा मल्ल ठाकुरले २४ औं मिनेटमा एकएक गोल गरेका थिए । धरानकालागि प्रतिक्षा राईले ९ औं र समिक्षा मगरले २० औं मिनेटमा एकएक गोल गरेका थिए ।

आयोजक टिम अल इन वानकी गोल रक्षक सुशिला चौधरी आजको खेलको प्लेयर्स अफ द म्याचघोषित भइन् । उनले नगद ३ हजार पुरस्कार पाईन् ।

प्रतियोगिताको बिजेताले २ लाख २ हजार र उपबिजेताले १ लाख १ हजार रुपैंयाँ पुरस्कार पाउने आयोक संस्थाका अध्यक्ष कृष्ण योञ्जनले जानकारी दिनुभयो । प्रतियोगितामा झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको छ ।

प्रतियोगिता अन्तर्गत आइतबार मिक्लाजुङ गाउँपालिका मोरङ र महमाई एकता क्लब इलामबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा झापा, इलाम, ताप्लेजुङ, सुनसरी, मोरङ, धनकुटा, उदयपुर र सप्तरीका ८ वटा टिमको सहभागिता रहने आयोजकले बताएको छ ।

त्यसअघि शनिबार नै भएको उद्घाटन समारोहमा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महत्तारा प्रसाइले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।अल इन वानक्लबका अध्यक्ष कृष्ण योञ्जनको अध्यक्षतामा आयोजित समारोहमा अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाह, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला, बिर्तामोड १० का वडाअध्यक्ष दुर्योधन गुरुङलगायत बिभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार