२०८० जेष्ठ १६ गते , मंगलबार

खेलकुद पत्रकार मञ्च झापाको अध्यक्षमा मुखिया

sajilo news
परिवेश मिडिया
२०८० बैशाख ९ गते , शनिबार
खेलकुद पत्रकार मञ्च झापाको अध्यक्षमा मुखिया

बिर्तामोड । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) झापाको अध्यक्षमा इन्द्रजित मुखिया निर्विरोध चयन भएका छन् ।
शनिवार बिर्तामोडमा भएको मञ्चको तेस्रो अधिवेशनले पत्रकार मुखियाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत गठन गरेको हो ।
नेपाल टेलिभिजनका झापा सम्वाददाता पत्रकार मुखिया दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी आँगन एफएमका प्रवन्ध निर्देशक समेत हुन् ।
मञ्चको उपाध्यक्षमा प्रेम आचार्य र सचिवमा चिरञ्जीवी घिमिरे चयन भएका छन् । व्लाष्टकर्मी आचार्य झापाका पुराना पत्रकार हुन् । घिमिरे नयाँ पत्रिका दैनिकमा आबद्ध छन् ।
सहसचिव र कोषाध्यक्षमा क्रमशः भूमिका सुब्वा र प्रकाश बानियाँलाई चयन गरिएको छ । सदस्यहरुमा रोहित काफ्ले, तीर्थ तिम्सिना, विष्णु श्रेष्ठ, तिलक योञ्जन, नारायण अर्याल र आयुष निरौला छन् ।
मञ्चले खेलकुद विधामा पत्रकारिता गर्दै आएका झापाली सञ्चारकर्मीलाई प्रशिक्षण प्रदान गर्नुका साथै स्पोटर्स अवार्ड कार्यक्रम गर्दै आएको छ ।खेल क्षेत्रको सर्वाधिक लोकप्रिय र धनराशि पुरस्कारसहितको स्पोटर्स अवार्डमार्फत पदक प्राप्त खेलाडी तथा अफिसियललाई मञ्चले सम्मान गर्दै आएको छ ।
मञ्च झापाले यसअघि चारवटा संस्करणको झापा स्पोटर्स अवार्ड कार्यक्रम सम्पन्न गरिसकेको छ । पाँचौँ झापा स्पोटर्स अवार्ड नवनिर्वाचित समितिले मिति घोषणा गरेर आयोजना गर्नेछ ।
यसअघि कोशी प्रदेश खेलकुद बोर्ड उपाध्यक्ष जीना कार्कीले मञ्चको अधिवेशनको उद्घाटन गरेकी थिइन् । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त), नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय महासचिव प्रज्वल ओली, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, झापा जिल्ला उसु संघका अध्यक्ष राजेन्द्र घिमिरे, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए । मञ्चका सचिव अर्जुन राजवंशीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष अमित खम्बूले स्वागत गरेका थिए । बन्दसत्रमा कोषाध्यक्ष राजु पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचार