२०८३ बैशाख १९ गते , शनिबार

हात्तीबाट मकै जोगाउन खोज्दा भट्टराईको ज्यान गयो

sajilo news
परिवेश मिडिया
२०८० बैशाख ९ गते , शनिबार
हात्तीबाट मकै जोगाउन खोज्दा भट्टराईको ज्यान गयो

बिर्तामोड । झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बुद्धशान्ति५ खारखोलास्थित बारीमा मकै खान आएको हात्तीलाई धपाउन खोज्दा  भिमबहादुर भट्टराईलाई हात्तीले आक्रमण गरेको थियो ।

हात्तीको आक्रमणमा परि भट्टराईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भट्टराई शनिबार बिहान साढे ३ बजे हात्तीबाट मकै जोगाउन निस्किएका थिए । भट्टराईको शव मेची प्रादेशिक अस्पताल भद्रपुरमा पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार