२०८३ बैशाख १९ गते , शनिबार

अवैध काठसहित गाडी बरामद

sajilo news
परिवेश मिडिया
२०८० बैशाख ६ गते , बुधबार
अवैध काठसहित गाडी बरामद

बिर्तामोड । प्रहरीले अवैध काठसहित गाडी बरामद गरेको छ । प्रहरीले बुधबार ४० किवी काठसहित मे १ ज ११८० नम्बरको पिकअप बरामद गरेको हो ।
मेचीनगर नगरपालिका वडा नं.८ दुर्गा मन्दिर टोलबाट पौने १२ बजे जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सो काठ र गाडी बरामद गरेको जिप्रका झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
बरामद गाडी र काठ आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय झापामा बुझाइएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार