२०८३ बैशाख १९ गते , शनिबार

इतिहासमा आज

sajilo news
परिवेश मिडिया
२०८० बैशाख ६ गते , बुधबार
इतिहासमा आज

मदनकृष्ण श्रेष्ठको जन्म

नेपाली चलचित्र उद्योगको एक स्थापित नाम हो मदनकृष्ण श्रेष्ठ । उनी एक हास्यव्यङ्ग कलाकार, नायक, लेखक, गायक, निर्देशकपनि हुन् । बहुप्रतिभाका धनी मदनकृष्ण श्रेष्ठको जन्म आजकै दिन भएको थियो । १९५० अप्रिल १ तारिखका दिन माता लक्ष्मीदेवि र पिता रामकृष्ण लालको कोखबाट जन्मिएका श्रेष्ठले हास्यव्यङ्को माध्यमबाट समाज परिवर्तनका लागि थुप्रै काम गरेका छन् । श्रेष्ठलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना ।

म्यानमारले संयुक्त राष्ट्रसंघको सदस्यता लिएको

सन् १९४८ को आज कै दिन म्यानमारले संयुक्त राष्ट्र संघको सदस्यता लिएको थियो । चीन, थाइल्याण्ड, लाओस, बंगलादेश र भारतसँग सिमाना जोडिएको म्यानमारको क्षेत्रफल ६ लाख ७६ हजार ५८७ वर्ग किलोमिटर रहेको छ । सन् २००५ अघिसम्म रंगुन राजधानी रहेकोमा सो पश्चात प्रशासनीक राजधानीको रुपमा मध्य म्यानमारमा रहेको नायपिद रहेको छ ।

सम्बन्धित समाचार