२०८३ बैशाख १९ गते , शनिबार

रवि लामिछानेका चालकलाई थप उपचारका लागि काठमाण्डौ लगियो

sajilo news
परिवेश मिडिया
२०८० बैशाख ५ गते , मंगलबार
रवि लामिछानेका चालकलाई थप उपचारका लागि काठमाण्डौ लगियो

बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी चालक दिलबहादुर थापालाई थप उपचारका लागि काठमाण्डौ लगिएको छ ।

सोमबार बिहान घरको छतबाट खसेका थापालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौ लगिएको हो । भरतपुरका चिकित्सकको सल्लाहमा उनलाई काठमाण्डौ लगिएको लामिछानेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

हाम्रो साथी, सहयोगी, भाइ शम्भुको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरमा अत्यन्त गम्भीर तथा नाजुक स्वास्थ्य स्थितिमा करिब ३६ घन्टासम्म सघन उपचार कक्षमा उपचार गरिएको र हाल उनको स्वास्थ्य स्थिति स्थिर तथा सुधारोन्मुख रहेको तथा बिरामीको स्वास्थ्य स्थितिलाई मध्यनजर गरी थप उपचारको लागि चिकित्सकज्यूहरू तथा हामी सबै आफन्तजनको सरसल्लाहमा हेलिकप्टरबाट एयरलिफ्ट गरी काठमाडौंको नेपाल मेडिसिटी अस्पतालमा पठाइएको छ,’ लामिछानेले लेखेका छन् । 

सोमबार बिहान ४ बजेतिर भरतपुर-११ स्थित लामिछानेको घरको छतबाट खसेका थापालाई पुरानो मेडिकल कलेज भरतपुरमा भर्ना गरिएको थियो । तीन तलामाथिबाट खसेका थापाको घाँटीको हड्डी भाँचिएको छ । उनी अहिले पनि अचेत छन् ।

सम्बन्धित समाचार