२०८३ बैशाख १९ गते , शनिबार

वैशाख ७ गतेको सूर्य ग्रहणमा बार्नु नपर्ने

sajilo news
परिवेश मिडिया
२०८० बैशाख ५ गते , मंगलबार
वैशाख ७ गतेको सूर्य ग्रहणमा बार्नु नपर्ने

काठमाण्डौ । नेपाल पञ्चांग निर्णायक विकास समितिले यही वैशाख ७ गते लाग्ने सूर्यग्रहणमा बार्नु नपर्ने भएको छ । उक्त ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने भएकाले बार्नु नपर्ने भएको हो ।

वैशाख कृष्ण औंसीका दिन वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले तीन वटै सूर्यग्रहण बार्नु नपर्ने उनले बताए । तीन वटै सूर्यग्रहणको दोष नेपालीलाई लाग्दैन ।

कात्तिक ११ गते लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिन्छ । यसमा भने दोष लाग्ने भएकाले बार्नुपर्छ ।

वैशाख ७ गते लाग्ने सूर्यग्रहण चीन, मङ्गोलियालगायत देशबाट देखिने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए ।

सम्बन्धित समाचार