२०८३ बैशाख १९ गते , शनिबार

एमाले अध्यक्ष ओली बिरामी, चुनावी कार्यक्रममा जान सकेनन्

sajilo news
परिवेश मिडिया
२०८० बैशाख ३ गते , आईतबार
एमाले अध्यक्ष ओली बिरामी, चुनावी कार्यक्रममा जान सकेनन्

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । अध्यक्ष ओलीले आइतबार सामाजिक सञ्जालमार्फत आफू अस्वस्थ भएको जानकारी दिएका हुन् । भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ । अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु,’ अध्यक्ष ओलीले भनेका छन्– ‘तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरूको चुनावी अभियानमा सहभागी हुने मेरो इच्छा थियो । तर, अहिले म ती कार्यक्रमहरूमा सहभागी हुन सकिरहेको छैन ।

अध्यक्ष ओलीले तनहुँ, बारा र चितवनमा एमालेले योग्य उम्मेदवार उठाएको बताउँदै उनीहरूलाई विजयी गराउन मतदाताहरूसमक्ष आग्रह गरेका छन् । उनले भनेका छन्– ‘तनहुँ१ मा सर्वेन्द्र खनाल, चितवन२ मा राम न्यौपाने र बारा२ मा पुरुषोत्तम पौडेललाई हामीले उम्मेदवार बनाएका छौँ । तपाईँहरूको प्रतिनिधित्वका लागि उहाँहरू योग्य उम्मेदवार हुनुहुन्छ । उहाँहरूलाई विजय गराउनुहुन तनहुँ, चितवन२ र बारा२ का आम मतदाताहरू समक्ष म विनम्र आग्रह गर्दछु ।

उनले स्वास्थ्य अवस्था ठिक भएपछि उपयुक्त समयमा मतदाताहरूसँग भेट्न आउने बताउँदै  तीनै जना उम्मेदवारहरूलाई विजयको शुभकामना समेत दिएका छन् ।

सम्बन्धित समाचार