२०८३ बैशाख १९ गते , शनिबार

बर्षमान पुनकी आमालाई गोली हान्ने प्रहरीका सहायक हवल्दार पक्राउ

sajilo news
परिवेश मिडिया
२०८० बैशाख २ गते , शनिबार
बर्षमान पुनकी आमालाई गोली हान्ने प्रहरीका सहायक हवल्दार पक्राउ

काठमाण्डौ । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमालाई गोली प्रहार गर्ने प्रहरीका सहायक हवल्दारलाई प्रहरी प्रधान कार्यालयमा लगिएको छ ।
गए राति बालुवाटारमा ७४ वर्षीय तिर्थमाली पुन मगरलाई सहायक हवल्दार प्रकाश पुन मगरले गोली प्रहार गरेका थिए । उनको खुट्टामा गोली लागेको छ । 
आरोपीलाई पक्राउ गरेर प्रहरी प्रधान कार्यालयमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । नातामा तिर्थमाली उनको हजुरआमा हुन् ।
प्रधान न्यायाधीशको सुरक्षा टिममा कार्यरत प्रकाशले गए राति १० बजेतिर निवासमा गएर गोली प्रहार गरेका हुन् । घाइते तिर्थमालीको ट्रमा सेन्टरमा उपचार हुँदैछ ।

सम्बन्धित समाचार