२०८३ बैशाख १९ गते , शनिबार

जग्गा बैना गर्न बोलाएर ३२ लाख ठग्न खोज्ने पक्राउ

sajilo news
परिवेश मिडिया
२०८० बैशाख १ गते , शुक्रबार
जग्गा बैना गर्न बोलाएर ३२ लाख ठग्न खोज्ने पक्राउ

बिर्तामोड । सस्तो मूल्यमा जग्गा दिलाउँछु भनी ३२ लाख रुपैयाँ लिएर फरार ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ठगी कार्यमा संलग्न राजेश श्रेष्ठ, जनक रेग्मी, रणबहादुर पोख्रेल र बिजय राई पक्राउ परेका हुन ।
चैत ३० गते दिउँसो १ बजे अर्जुनधारा नगरपालिका वडा नम्बर  ११ टेकबहादुर गिरी बसपार्क एरियामा दुई कठ्ठा जग्गा सस्तो दरमा बिक्रीमा रहेको छ खरिद गर्न आउनु भनेर कमल गाउँपालिका वडा नम्बर ५ बस्ने वर्ष ५२ को बिजय राईले मोरङ उर्लाबारी नगरपालिका वडा नम्बर ४ बस्ने ५२ बर्षीया बिष्णुमाया सापकोटा सुबेदी र अनिल बिश्वकर्मालाई बोलाएका थिए । उनले सुवेदी र बिश्वकर्मालाई बसपार्कको नव ज्योति होटलमा बोलाएर जग्गा बैना गर्नु पर्छ भन्दै कागजसमेत नलेखी सुबेदीको साथमा भएको नगद ३२ लाख रुपैयाँ लिएर फरार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटनामा संलग्न कृष्णबहादुर श्रेष्ठको छोरा रामेछाप देउराली गाउँपालिका वडा नम्बर २ घर भई भक्तपुर बस्ने वर्ष ३९ को राजेश श्रेष्ठ र रेवतीप्रसाद रेग्मीको छोरा पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नम्बर ४ घर भई काठमाण्डौको गर्जुधारा बस्ने ५२ बर्षीय जनक राईलाई  इलामको पुरानो बसपार्कस्थित देउराली होटलबाट १४ लाख ६५ हजार नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
रिजालका अनुसार घटनामा संलग्न बेलबारी नगरपालिका ६ घर भइ मेचीनगर ६ बस्ने ५५ बर्षीय रणबहादुर पोख्रेल र कमल गाउँपालिका ५ का बिजय राईलाई टेकबहादुर गिरी बसपार्कस्थित थापा होटल एण्ड लजबाट १३ लाख रुपैयाँ नगदसहित पक्राउ परेका हुन । उनीहरुलाई आज (शुक्रबार) पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार