इलाम झापा मैत्री समाजद्वारा शुभकामना आदान प्रदान सम्पन्न
बिर्तामोड । इलाम झापा मैत्री समाजद्वारा नयाँ बर्ष २०८० को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार (आज) समाजको बिर्तामोड नगर समितिको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।
इलामबाट झापा आएर स्थायी/अस्थायी बसोबास गरिरहेकाहरुको मैत्री समाजले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।
कार्यक्रममा सहभागीहरुले आसन्न मैत्री समाजको जिल्ला अधिवेशनबाट जुझारु पदाधिकारी तथा सदस्य चयन होस भन्ने शुभकामना दिनुका साथै सम्पूर्ण नेपालीहरुको उत्तरोत्तर प्रगतिको शुभेच्छा ब्यक्त गरेका थिए । समाजको जिल्ला अधिवेशन आगामी बैशाख १६ गतेलाई तय भएको छ ।
नगर अध्यक्ष अन्जु लामिछानेको अध्यक्षतामा बिर्तामोड उद्योग वाणिज्य संघको सभा हलमा सम्पन्न कार्यक्रममा समाजका संस्थापक जिल्ला अध्यक्ष श्याम खड्गी प्रमुख अतिथि रहेका थिए ।
समाजका सदस्य खिवराज दाहाल, मनोक्रान्ती अभियान्ता गजेन्द्रबहादुर नेम्बाङलगायतले समाजमा आवद्ध सम्पूर्णको हितवृद्धीको कामना गरे । कार्यक्रममा जिल्ला समिति तथा नगर समितिका पदाधिकारी र सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
नगर सचिव मिलन कोइरालाले स्वागत गरेको कार्यक्रम सागर रिजालले संचालन गरेका थिए ।