२०८३ बैशाख १९ गते , शनिबार

प्रेस युनियन झापाको नेतृत्वमा गौतमको दाबी

sajilo news
परिवेश मिडिया
२०८० बैशाख १ गते , शुक्रबार
प्रेस युनियन झापाको नेतृत्वमा गौतमको दाबी

बिर्तामोड । नेपाल प्रेस युनियन झापाको अध्यक्ष पदका लागि राजेन्द्र गौतमले दाबेदारी प्रस्तुत गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत गौतमले आफू नेतृत्वका लागि दाबेदार रहेको जनाएका हुन् ।



प्रेस युनियनले आगामी वैशाख १६ गतेदेखि मसान्तसम्ममा जिल्ला शाखाको अधिवेशन गरिसक्ने निर्णय गरेसँगै गौतमले झापा अध्यक्षका लागि दावेदारी प्रस्तुत गरेका हुन् ।  यस अघि दुई पटक आफूले नेतृत्वका लागि दाबी गरेपनि अवसर नपाएको बताउँदै तेस्रो पटकमा नेतृत्वको अवसर पाउने अपेक्षा गरेको गौतमले उल्लेख गरेका छन् । तेस्रो पटकको दाबेदारीमा नेतृत्वको अवसर पाउने अपेक्षा गरेको छु । झापामा सर्वसम्मत नेतृत्व चयन गरेर संगठनलाई थप गतिशील र प्रभावकारी भूमिकामा स्थापित गर्नु मेरो लक्ष्य रहेको स्पष्ट पार्न चाहन्छु,’ उनले लेखेका छन्,‘कोही व्यक्ति संगठनमा क्रियाशील भएपछि नेतृत्वको अपेक्षा राख्नु र त्यसका लागि दाबी गर्नु उसको सांगठनिक दायित्व र नैसर्गिक अधिकार नै हो । म त्यही लय र पथमा अडिग रहेको पुनः प्रष्ट्याउन चाहन्छु ।

पत्रकारिताको माध्यमबाट लोकतन्त्रका पक्षमा चट्टान झैँ उभिँदा जेलनेल सहनुका साथै शाहीसत्ताको राप, तत्कालिन शाही सेना र प्रहरीको धरपकड र थातथलोबाट विस्थापित बनेको क्षणलाई गौरवको रुपमा ग्रहण गरेको गौतमले उल्लेख गरेका छन् ।  

सम्बन्धित समाचार