२०८३ बैशाख १९ गते , शनिबार

दमकको भ्यू टावरको औचित्यमाथि महालेखाको प्रश्न

sajilo news
परिवेश मिडिया
२०७९ चैत्र ३० गते , विहीबार
दमकको भ्यू टावरको औचित्यमाथि महालेखाको प्रश्न

बिर्तामोड । झापाको दमक नगरपालिका वडा नम्बर ३ स्थित दापगाछीमा निर्माणाधीन भ्यू टावरको औचित्यमाथि महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ । भ्यू टावर सञ्चालनको कार्यविधि र त्यसबाट प्राप्त प्रतिफलको सुनिश्चितता अध्ययन नभएको महालेखाले ६० औं प्रतिवेदनमा उल्लेख गरेकाे छ ।

दमक चोकबाट करिब आठ किलोमिटरको दुरीमा निर्माणाधीन भ्यू टावर तीस महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ असार २७ गते ठेक्का सम्झौता भएको थियो । पाँच बिगाह क्षेत्रफलमा १८ तलाकाे भ्यू टावर एक अर्ब ५६ करोड १४ लाख  ३९ हजार १६४ रुपैँयाको लागतमा चीनको जेडसीजीआइइसी र नेपालको आशिसओम साईरामले निर्माणको काम गरिरहेको छ । 

यस संरचनाको कुल लागत १ खर्ब ५६ करोड रहेकोमा १ अर्ब ४ करोड रुपैयाँ खर्च भइसकेको छ । अझै १७ औं र १८ औं तलाको निर्माणको काम बाँकी रहेको महालेखाले जनाएको छ । माग तथा आवश्यकता पहिचानको आधारमा लगानीको प्रतिफल सुनिश्चित हुने गरी यस्ता आयोजना सञ्चालन गर्न समेत महालेखाले सरकारलाई सचेत गराएको छ ।

दमकको पर्यटन प्रबद्र्धनका लागि भन्दै भ्यू टावर निर्माण गरिएपनि भ्यू टावर देखाएर केहि जग्गा व्यापारी मालामाल भएका छन् । स्थानीय जग्गा व्यवसायीहरुले माँ पञ्चकन्या हाउजिङ प्रा.लि. को नाममा ११ बिगाह जग्गा केहि बर्षअघि सस्तो मुल्यमा खरिद गरेर भ्यू टावर निर्माणका लागि ३ बिगाह जग्गा उपलब्ध गराएका थिए । सस्तो मूल्यमा खरिद गरेर उनीहरुले कैयन गुणा बढी मुल्यमा उक्त जग्गा बिक्री गरिरहेका छन् ।  

 

सम्बन्धित समाचार