२०८३ बैशाख १९ गते , शनिबार
प्रहरीद्वारा अवैध सामान नियन्त्रण
बिर्तामोड । भन्सार छलि गरि नेपाल ल्याउँदै गरेको सामान प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले सोमबार २ लाख ३३ मजार २१० रुपैँया मूल्य बराबरको अवैध सामान नियन्त्रणमा लिएको हो ।
सोमबार करिब ७ बजे अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको रसवरी, स्न्याक्स, प्लाष्टिक, चिनी, मिश्री, सुपारी, नरीवल, खाने तेल, बिडी, सुर्ती, मोबिल, सिङक्क, झुल, र बिभिन्न आइटमको कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । उनका अनुसार बरामद सामान आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको छ ।