२०८३ बैशाख १९ गते , शनिबार

सञ्चारकर्मी तिम्सिनाको निधन

sajilo news
परिवेश मिडिया
२०७९ चैत्र २७ गते , सोमबार
सञ्चारकर्मी तिम्सिनाको निधन

बिर्तामोड । सञ्चारकर्मी पारस तिम्सिनाको निधन भएको छ । बिर्तामोड नगरपालिका वडा नम्बर ३ निवासी ३९ वर्षीय तिम्सिनाको उपचारको क्रममा सोमबार बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा निधन भएको हो ।

टाउकोमा रगत जमेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

उपचार गरेर घर लगिएको र फेरि उपचारका लागि सोमबार अपरान्ह अस्पताल पुर्याउनासाथ उनको निधन भएको बताइएको छ ।

विगतमा विभिन्न संचारमाध्यममा कार्यरत तिम्सिनाले पछिल्लो समय लेखापढी पेशा गर्ने गरेका थिए ।

केहि बर्ष पहिले श्रीमतीसँग अलग भएका पारसको १ छोरा रहेका छन् ।

सम्बन्धित समाचार