२०८३ बैशाख १९ गते , शनिबार
घुस काण्डमा मुछिएका रास्वपा सांसद श्रेष्ठ निलम्बित
बिर्तामोड । भ्रष्टाचार विरोधी ठूला ठूला भाषण गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका सांसद नै यतिबेला घुस काण्डमा मुछिएका छन् । रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई घुस मागेको आरोपमा निलम्बित भएका हुन् ।
सांसद श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग साढे दुई करोड रुपैयाँ मागेको अडियो बाहिरिएपछि उनलाई पार्टीले निलम्बन गरेको हो ।
पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सांसद श्रेष्ठलाई पार्टीले निलम्बन गरेको जानकारी दिए । उनले पार्टीको आधिकारिक धारणा विज्ञप्तिमार्फत सार्वजनिक गर्ने बताए । श्रेष्ठ समानुपातिकतर्फबाट रास्वपा सांसद हुन् ।