२०८३ बैशाख १९ गते , शनिबार
कालिकोटे खड्का बंशोत्थान समिति झापामा खम्ब सिंह
बिर्तामोड । कालिकोटे खड्का बंशोत्थान समिति झापाको अध्यक्षमा खम्ब सिंह खड्का चयन भएका छन । शनिबार सम्पन्न चौथो जिल्ला अधिवेशनबाट खम्ब सिंहको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको छ ।
समितिको उपाध्यक्षद्वय ताराबहादुर र नारायण चयन भएका छन । सचिवमा राजेन्द्र र कोषाध्यक्षमा णकबहादुर रहेका छन भने सहसचिवमा चेतकुमार चयन भएको निवर्तमान सचिव कल्याण खड्काले जानकारी दिए ।
कृष्ण, प्रदिप, जंग, तिलकुमारी, रिता, कृष्ण (ख) र खड्गबहादुर सदस्यमा चयन भएका छन ।