२०८३ बैशाख १९ गते , शनिबार

बाबुको ठेगान नभएका बच्चालाई मावलाको थर राख्न गृह मन्त्रालयको पत्राचार

sajilo news
परिवेश मिडिया
२०७९ चैत्र २२ गते , बुधबार
बाबुको ठेगान नभएका बच्चालाई मावलाको थर राख्न गृह मन्त्रालयको पत्राचार

काठमाण्डौ । गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्मेको पितृत्वको ठेगान नभएको बच्चाको जन्मदर्ता सम्बन्धमा प्रष्ट्याएको छ ।

बुधबार ६ हजार ७ सय ४३ वटै वडा कार्यालयलाई पत्र लेख्दै विभागले यस सम्बन्धमा प्रष्ट पारेको हो ।

यस विषयमा थप प्रष्ट पार्न भन्दै स्थानीय तहहरूले अनुरोध गरेपछि विभागले सबै वडामा परिपत्र गरेको हो ।

विवाहअघि जन्म भएको तर बुवाको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानामा सँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राख्न भनिएको छ । यस्तै आमाको हालको स्थायी ठेगानामा जन्‍म दर्ता गर्न अनुरोध गरेको छ ।

यस्तै एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर बच्चा मावलीमै बसेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्म दर्ता गरिदिन भनेको छ ।

यसरी जन्मदर्तापछि बुवाको ठेगाना पत्ता लागेको अवस्थामा सो जन्मदर्ता नियमानुसार रद्द गरी बुवाकै ठेगानाबाट नयाँ जन्मदर्ता गरिदिन पनि भनेको छ ।

यसबाहेक अन्यमा भने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली (संशोधनसहित), २०७७ र विभागको यसअघिका परिपत्रअनुसार गर्न भनिएको छ ।

सम्बन्धित समाचार