२०८३ बैशाख १९ गते , शनिबार

माओवादी केन्द्र पहिचानको पक्षमा, कोशी नामाकरणमा गल्ती भएको प्रचण्डको भनाई

sajilo news
परिवेश मिडिया
२०७९ चैत्र २२ गते , बुधबार
माओवादी केन्द्र पहिचानको पक्षमा, कोशी नामाकरणमा गल्ती भएको प्रचण्डको भनाई

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कोशी प्रदेश नाम राख्दा गल्ती भएको बताएका छन ।

बुधबार पेरिसडाँडामा बसेको माओवादी पदाधिकारी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफूहरु अहिले पनि पहिचानकै पक्षमा रहेको बताएका छन् । उनले पहिचानको अडानमै  रहेको  बताउदै कोशी नाममा निर्णय गर्ने बेला प्रदेशका नेताहरुले अडान लिन नसकेको समेत बताए ।

अध्यक्ष प्रचण्डले माओवादी पहिचानको मुद्दाबाट तलमाथि नहुने बताए । गत फागुन १७ गते ८२ सासदको समर्थनमा प्रदेशको नाम कोशी राखीएको थियो । कोशीको विपक्षमा ४ मत परेको थियो । प्रस्तावको पक्षमा सत्तारुढ दलहरू नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा तथा विपक्षमा नेकपा एकीकृत समाजवादीका चार सदस्यले मतदान गरेका थिए ।

कोशीले पहिचान पक्षधहरुको भावनामा ठेस पुगेको भन्दै एक महिनादेखि लगातार आन्दोलन भइरहेको छ ।

सम्बन्धित समाचार