२०८३ बैशाख १९ गते , शनिबार

सिक्किमको हिमपहिरोमा परि तीन नेपालीसहित सात जनाको मृत्युु

sajilo news
परिवेश मिडिया
२०७९ चैत्र २२ गते , बुधबार
सिक्किमको हिमपहिरोमा परि तीन नेपालीसहित सात जनाको मृत्युु

झापा । सिक्किमा हिमपहिरो जाँदा तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ । सिक्किम सरकारले जारी गरेको विज्ञप्तिअनुसार करिब एक दर्जन घाइते भएका छन् ।
मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने, आशिका ढकाल र रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेको छन् । उनीहरू नेपालबाट सिक्किम घुम्न भनेर गएका थिए ।  अन्य मृतकहरु भारतको उत्तरप्रदेशका बाल सिंह र रेब्या सिंह, पश्चिम बंगालका सौरभ रोय चौधरी र कोलकाताका पृतम माती रहेका छन् । 
मंगलबार दिउँसो सवा १२ बजेतिर गान्तोक–नाथुलापास जोड्ने जवाहरलाल नेहरु सडकमा हिमपहिरो खसेको थियो । हिमपहिरोमा ५–६ वटा सवारी साधनसहित २०–३० जना पर्यटक पुरिएको आशंका गरिएको छ ।
१४ जनालाई उद्धार गरेर नजिकैको आर्मी क्याम्पमा लगिएको थियो । जसमा ७ जनाको सामान्य उपचारपछि गान्तोक फर्काइएको जनाएको छ भने सात जनाको मुत्यु भएको भारतीय सेनाको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार